लोकमान भर्सेज डाक्टर केसी

-ईश्वर अर्याल लोकमान अख्तियारमा बर्षौसम्म बस्ने होइनन । लोकमानको बिरोध गर्दा नेपालको एउटा महत्वपूर्ण संबैधानिक निकाय अख्तियारको मानहानी गर्न नहुने कुरा हामी सबैले बुझ्नु पर्ने कुरा हो । तर आजकल बजारमा उल्टो देखिएको छ, अस्ति भर्खर अस्तित्वमा आएका कथित नयाँ राजनीतिक शक्तिहरु युवाहरुको जनमत बटुल्ने आशामा लोकमानको बिरुद्दमा बिभिन्न कार्यक्रमको प्रायोजन गरिरहेका छन् । डाक्टर… Read More लोकमान भर्सेज डाक्टर केसी

जिएमआरले बिदेश घुमाईदिएकाहरु- कर्णालीका शत्रु हुन् ।

आयोजना नेपाली जनताहरुले नै प्रयोग गर्ने गरेर आफैले लगानी गर्छौं भनेर अगाडी बढ्दा यिनिहरुको टाउको रोयल्टी र कमिसन सम्झेर फुट्ला जस्तो भएर दुख्छ भने यस्ता देशद्रोहीहरुको टाउको फुटिरहोस, दुखिरहोस । कर्णाली बचाऔं अभियान सामाजिक संजालमा भाइरल बने लगत्तै एक दुइ जना जलमाफियाहरु यो वा त्यो बहानामा मिडियासामु आफ्नो कर्तुतको फेहरिस्त लिएर निस्केका छन् । भारुको… Read More जिएमआरले बिदेश घुमाईदिएकाहरु- कर्णालीका शत्रु हुन् ।

कर्णाली बचाऔँ अभियान – एक पोस्टमोडर्न अभियान !!

कर्णाली बचाऊ अभियान के हो ? यो प्रश्नका धेरै उत्तरहरु छन्, तर सबै उत्तरहरु एकै प्रकारका छैनन् । यो अभियान देशको प्राकृतिक सम्पदाको लिलामीको बिरुद्दमा लक्षित छ । सांकेतिक रुपमा कर्णाली नाम राखिएता पनि, यसले कोशी, गण्डकी, मेची, महाकाली, सबै आयामहरुलाई समेट्छ । यसले कर्णाली सभ्यताको बारेमा बोल्दछ, त्यहाँ रहेको जैविक, भाषिक र अन्य बिबिधिताको… Read More कर्णाली बचाऔँ अभियान – एक पोस्टमोडर्न अभियान !!

राष्ट्रघाती जल-सम्झौताहरु !!

नेपालको जलस्रोतमाथि एकाधिपत्य कायम गर्ने गरि भारतले नेपालसँग नयाँ विद्युत ब्यापार सम्झौता गर्ने तयारी गरेको छ । भारतले नेपालमाथि हरेक क्षेत्रमा एकाधिपत्य कायम गर्दै आएको छ । पछिल्लो समय गर्न लागिएको जलस्रोत सम्झौता विगतमा गरिएको कोशी, गण्डक र महाकाली नदीमा भएको राष्ट्रहित विपरितको सम्झौताकै निरन्तरता भएको जलस्रोत विज्ञहरुको बुझाई छ । पीटीए (विद्युत व्यापार सम्झौता)… Read More राष्ट्रघाती जल-सम्झौताहरु !!

प्रधानमन्त्रीको सपना – सामाजिक संजालमा अतिरन्जना

दुर्इ बर्षमा देशलाई तुइनमुक्त बनाउँछु भनेर घोषणा भएको आज करिब करिब सात महिना भयो, गणितीय हिसाब गर्ने हो भने सात महिना भनेको २ बर्षको करिब करिब एकतिहाइ समय हो । आजसम्म एकतिहाइ काम हुनु पर्ने हो, काम कसरी भैरहेको छ भन्ने कुरा सरकारी निकायलाई नै थाहा होला, तर ‘पब्लिक कन्जप्सन’का लागी बोलिएको यो कुरा समयसीमा… Read More प्रधानमन्त्रीको सपना – सामाजिक संजालमा अतिरन्जना

लोकतन्त्रमा सत्ता आन्दोलनबाट होइन, जनताको भोटबाट पाइन्छ !!

– ईश्वर अर्याल #सत्ता प्राप्त गर्ने दोश्रो तरिका पनि छ मान्यवर !! गाली जस्तो लाग्न सक्छ, तर यथार्थ यहि हो !! आदिवासी, जनजाति, थारु, मधेश, अल्पसंख्यक, दलित, मुस्लिम आदिको मुद्दा हरुमा सबभन्दा उदासिन काङ्ग्रेस हो । उत्पिडितहरुले अधिकार पाए भने सबभन्दा धेरै असर काङ्ग्रेसलाई पर्छ । काङ्ग्रेस नवधनाड्यहरुको पार्टी हो, आजसम्म सत्ता चलाएर र भ्रष्टाचार… Read More लोकतन्त्रमा सत्ता आन्दोलनबाट होइन, जनताको भोटबाट पाइन्छ !!